गृहपृष्ठ गरिबको रोजीरोटीमा सरकारको हस्तक्षेप, गाडी ग्यारेजमा थन्क्याउछौंः ब्यावसायी
गरिबको रोजीरोटीमा सरकारको हस्तक्षेप, गाडी ग्यारेजमा थन्क्याउछौंः ब्यावसायी
काठमाडौं । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात समितिहरु खारेज गर्नेगरी गरेको निर्णयको विरोध गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशभर रहेका ४ सय समितिहरु खारेजीको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।
उनले महासघले कहीँ पनि सिन्डिकेट लागु नगरेको स्पष्ट पारे ।
आन्दोलनका कार्यक्रमहरुमा भोलि ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने, ७ गते प्रधानमन्त्री, प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गते सवारी साधनमा कालो झन्डा राख्ने, १० र ११ गते कोणासभा गर्ने, १२ र १३ गते तालिका फ्रि छोड्ने, १४ र १५ गते सदरमुकाम र काठमाडौं उपत्यकामा सबै साधनहरु क्यू फ्रि छाड्ने, १६ गते यातायात कार्यालय घेराउ गर्ने, २१ गते गाडी ग्यारेजमा थन्क्याउने, २७ गतेदेखि संयुक्त आन्दोलन संघर्ष समितिबाट अर्को जानकारी नआएसम्म नेपालभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु ग्यारेजमा थन्क्याउने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
प्रकाशित समय १३:३९ बजे

















