गृहपृष्ठ विदेश भ्रमणम जान लागेका प्रधानमन्त्रीको यस्तो छ भ्रमण तालिका

विदेश भ्रमणम जान लागेका प्रधानमन्त्रीको यस्तो छ भ्रमण तालिका

kp oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने विदेश यात्रामा शनिबार अमेरिका प्रस्थान गर्दै छन् । संयुक्त राष्ट्रसंघको ७३ औं सभामा सहभागी हुन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् ।

संयुक्त राष्ट्रसंघको उच्चस्तरीय महासभा असोज ९ गतेबाट सुरु हुँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले ११ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । यस्तै, सोही दिन प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघले यो वर्षका लागि ‘शान्तिपूर्ण, इमानदार र निरन्तर समाजका लागि विश्वव्यापी नेतृत्व र साझा जिम्मेवारीहरु सम्बद्ध संयुक्त राष्ट्रसंघ बनाउँ’ भन्ने नारा तय गरेको छ ।

त्यसअघि असोज ८ गते प्रधानमन्त्री ओलीले नेल्सन मण्डेलाको जन्म शताब्दी मनाउन आयोजित ‘नेल्सन मण्डेला शान्ति शिखर बैठक’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गरेकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क क्षेत्रका विदेश मन्त्रीहरुसँग न्युयोर्कमै अनौपचारिक छलफल गर्ने कार्यक्रम छ ।

राष्ट्रसंघ महासभामा उपस्थित पाहुनाहरुको सम्मानमा सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेटसँग असोज १० गते र कम्बोडियाका प्रधानमन्त्री समेच उर्फ मोह सेना पाडी तेच हान सेनसँग १२ गते अनौपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रसंघका अलावा ओलीले उत्तर अमेरिकी देश कोस्टारिकाको पनि भ्रमण गर्ने छन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागीता रहने बताइएको छ । प्रधानजमन्त्री ओली १७ गते स्वदेश फर्कने फर्किने भ्रमण तालिका छ ।

 

प्रधानमन्त्री ओलीको महत्वपुर्ण कार्यतालिका

  • ६ गते : न्यूयोर्क प्रस्थान
  • ८ गते : ‘नेल्सन मण्डेला शान्ति शिखर बैठक’लाई सम्बोधन
  • १० गते : स्विजरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेटसँग भेटवार्ता
  • ११ गते : महासभालाई सम्बोधन
  • ११ गते : राष्ट्रसंघका महासचिवसँग द्विपक्षीय वार्ता
  • १२ गते : कम्बोडियाका प्रधानमन्त्रीसँग भेट
  • १४ गते : कोस्टारिका प्रस्थान
  • १५ गते : कोस्टारिकाका राष्ट्रपतिसँग भेट
  • असोज १७ : स्वदेश फिर्ता ।

प्रकाशित समय १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु