गृहपृष्ठ टिभिएसको आयोजनामा १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिबार

टिभिएसको आयोजनामा १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिबार

टिभिएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्यमा १४ औ दरबारमार्ग स्ट्रिट फेस्टिभलको शनिबार आयोजना हुने भएको छ । दरबारमार्गमा आयोजना हुने कार्यक्रममा इन्डियन र्याप किङ्ग बादशाहले लाईभ प्रस्तुती दिनेछन् ।

उक्त कार्यक्रममा नेपालका कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती रहनेछ । फेस्टीलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्बिंग रहने र एक जना दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु