गृहपृष्ठ लागुऔषधसहित चार जना पक्राउ

लागुऔषधसहित चार जना पक्राउ

बुटवल । बुटवलमा प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैजना कास्की पोखरा बेगनास महानगरपालीकाका बर्ष २४ को सफल पुन, बर्ष २८ को बिजय जलारी, बर्ष ३२ को प्रकाश गुरुङ, बर्ष २५ को तेज गुरुङ रहेका छन् ।
वुटवल ६ ट्राफिक चोकमा शंका लागेर चेकजाँच गर्ने क्रममा पक्राउ परेकाहरुबाट फेनरागन २११, नुफिन १९५, सेरिजैक २०५, टालजेसिक १५ एम्पुल्स गरी ६२६ एम्पुल्स र नाईट्रोसन १८ ट्याव्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु