गृहपृष्ठ पद्मरत्न तुलाधर : पत्रकार, स्वतन्त्र वामपन्थी नेता र अधिकारवादी
पद्मरत्न तुलाधर : पत्रकार, स्वतन्त्र वामपन्थी नेता र अधिकारवादी
आइतबार स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको भौतिक शरीर नभए पनि उनका धेरै योगदान नेपाली राजनीतिमा सम्झनयोग्य छन् । तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्वाह गरेका तुलाधरले आजीवन जनताकै पक्षमा रहेर काम गरेको उनका समर्थकहरुको भनाई छ ।
नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर भाषिक आन्दोलनमा लागेका काठमाडौंका रैथाने तुलाधर चालीसको दशकअघि भाषिक अधिकारकर्मीका रुपमा परिचित थिए । पछि एमालेमा आवद्ध भएका तुलाधर माओवादीनिकट रहेका उनी संविधानसभा निर्वाचनपछि पहिचानवादी आन्दोलनमा लागेका थिए । २०४६ सालको जनआन्दोलनको क्रममा समेत उनी सक्रिय थिए । पञ्चायतविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र बाममोर्चालाई एक ठाउँमा ल्याउने सूत्रधारको रुपमा पनि तुलाधरलाई चिनिन्छ ।
तुलाधरको काम : कांग्रेस र वाम, एक ठाम
मानिस भई जन्म लिएपछि तुलाधारले एउटा अध्याय पूरा गरेका नेपाल भाषा सस्कृति समाजका अध्यक्ष शान्तदास मानन्धरको टिप्पणी छ । वामपन्थी नेता तुलाधरको राजनीतिक योगदान निक्कै महत्वपूर्ण रहेको मानन्धरले स्मरण गरे । ‘कांग्रेस र कम्युनिस्ट दुवैशक्ति एक ठाउँमा आएपछि मात्र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सकिने मान्यता राख्ने तुलाधरले सर्वोच्च कमाण्डर गणेशमान सिंह र त्यसबेलाको वाममोर्चालाई एक ठाउँमा ल्याएका थिए, पछि २०४६ प्रजातन्त्र ल्याउन नेपाली जनता सफल भए,’ मानन्धरले यसरी सम्झिए ।
नेपाल भाषा मंका खलःमा नेतृत्वमा रहेका तुलाधरले ‘नेपाल भाषा’ पत्रिकाका सम्पादक भई लामो समयसम्म पत्रकारिता गरेका थिए । त्यस्तै नेपाल संवत्लाई राष्ट्रिय संवत् तथा शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणाको मान्यता दिलाउन पनि तुलाधारले सर्घष गरेको विभिन्न व्यक्तिहरु बताउँछन् ।
उनले जीवनभर पहिचानकै लागि संघर्ष गरेर बिताएको नेकपा नेता योगोश भट्टराई बताउँछन् । ‘सडकमा, आन्दोलनमा, जेलमा र अनेकौ कार्यक्रममा पहिचानकै विषयमा आवाज उठाउनुहुन्थ्यो, परिवर्तनको आन्दोलनमा उहाँले खेलेको भूमिका र योगदानको छोटोमा चर्चा हुनसक्दैन,’ भट्टराई स्मरण गर्छन् ।
सूर्य चुनाव चिन्ह तुलाधरकै
तुलाधारका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफ्नो जीवनको लामो समय खिचिएकाम तुलाधर वि.सं. २०४२ मा नेकपा (माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए ।
नेकपा एमालेको समर्थनमा वि.सं. २०४८ र विस २०५२ मा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा सूर्य चिह्न लिएका थिए । तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा (एमाले)ले लिएको थियो । एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि सूर्य चिन्ह हाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को छ ।
साम्प्रदायिक कि अधिकारवादी ?
भाषा आन्दोलन, आदिवासी जनजाति आन्दोलनमा लागेकाले तुलाधारलाई धेरैले साम्प्रदायिक पनि भन्ने गर्थे । उनी भने ‘म अधिकारवादी’भन्न रुचाउथे । जुनसुकै आन्दोलनमा सडकमै पुगीरहेका उनी पछिल्लो समय पहिचानवादी आन्दोलनमा निक्कै सशक्त भएर लागेका थिए । उनी भन्ने गर्थे, ‘मानवअधिकार, नागरिक आन्दोलन, लोकतन्त्र जोगाउने आन्दोलन, महिला, दलित आन्दोलन सबैमा सहभागी हुन्छु । दलित आन्दोलन भनेपछि त छुटाउँदै छुटाउँदिनँ, म कसरी साम्प्रदायिक भए, मत विशुद्ध अधिकारवादी हु ।’
प्रचण्डप्रति गुनासै गुनासो
माओवादी सशस्त्र द्वन्द्वको समयमा माओवादीहरू राज्यपुनःसंरचना, समावेशिता, पहिचान जस्ता विषयमा प्रस्तुत भएका थिए । जातीय मुक्तिमोर्चाहरू बनाए । नेवाः प्रदेश, मगरात घोषणा गर्दै १४ प्रदेशको प्र्रस्ताव ल्याए । त्यो प्रस्ताव विस्तारै जातीय राज्य १० वटा बनाईनुपर्नेमा झर्याे । पहिलो संविधानसभा विघटन भयो । दोस्रो निर्वाचन भयो । दोस्रो संविधानसभामा त माओवादीको शक्ति नै कमजोर भयो । त्यतिबेला पनि प्रचण्डले आफूलाई ‘समावेशीता र जनजाति अधिकारको विषय छोड्दिनँ भनेको भन्दै तर त्यसो नगरेको’ उनले गुनासो गर्दै आएका थिए ।
प्रकाशित समय १८:२४ बजे

















