गृहपृष्ठ सरकारको पहिलो प्राथमिकता स्वच्छ खानेपानी
सरकारको पहिलो प्राथमिकता स्वच्छ खानेपानी
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले देशैभरका सबै स्थानीय तह र गाउँमा खानेपानी सुविधा पु¥याउने मार्गचित्रको तयारी भइरहेको बताए । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजित बलम्बु खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधनमा मन्त्री मगरले विगतमा खानेपानीलाई प्राथमिकतामा नराखेकाले यसअघि समस्या समाधान हुन नसकेको बताए ।
आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहको विस्तृत योजना बनाउने तयारी रहेको बताए । तराई तथा पहाडका फरकफरक भूगोलमा खानेपानी वितरणको छुट्टाछुट्टै योजना बनाइने । तराई क्षेत्रमा बग्ने नदीको पानी प्रशोधन गरेर तराईमा स्वच्छ खानेपानी पु¥याउन आठवटा ठूला योजना कार्यान्वयन गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने योजना रहेको बताए ।
छिटो भन्दा छिटो मेलम्चीको पानी काठमाडौंको पानी ल्याइने र लार्के तथा याङ्ग्रीको पानीसमेत त्यसमै जोड्ने योजना बनेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले काठमाडौंका जनतालाई रेल र पानीजहाजभन्दा पनि अहिले स्वच्छ पिउने पानीको जरुरी रहेको बताए । वातावरणमा हुने मानवीय अतिक्रमणले खानेपानीका मुहान सुक्ने अवस्था आएकाले व्यवस्थित बस्ती निर्माणलाई ध्यान दिएर खानेपानी पूर्वाधार सबै बस्तीमा खानेपानी सुविधा उपलब्ध गराइने बताए ।
प्रकाशित समय २१:४९ बजे
















