गृहपृष्ठ सडक नाटकमा जीतगढी किल्ला
सडक नाटकमा जीतगढी किल्ला
बुटवल । जीतगढी किल्लाको इतिहांसलाई समेटेर तयार पारिएको सडक नाटक सोमबारदेखि बुटवलमा प्रर्दशन सुरु गरिएको छ । जीतगढी किल्लाको वास्तिवक पहिचानलाई झल्काउने गरी रक्तिम परिवारका कलाकारहरुले सडक नाटक तयार गरेका हुन् ।
बुटवलको विभिन्न ठाउंमा सडक नाटक प्रस्तुत गरेर सर्वसाधारण नागरिकलाई सचेत गराउन थालिएको छ । संसारमा कोही कतै नहारेको अंगे्रज सेनालाई परास्त गरेर नेपाली भूमि बचाउन सफल भएको नेपाली सेनाको बिरताको लडाईलाई नाटकमा देखाईएको छ ।
१८७१ मा अंगे्रज सेनालाई अन्तिमसम्म लडेर नेपाली सेनाले जीतगढी किल्लालाई कसरी बचाउन सफल भएको थियो भन्ने भाव उक्त नाटकले झल्काएको छ । कणेल उजीर सिंहको नेतृत्वमा विरतापूर्वक लडाई लडेर बचाएको भूमिलाई सुरक्षित गरेर संसारलाई चिनाउनु पर्ने नाटकको भाव रहेको छ ।
संसारलाई चिनाउने र संसारका अगाडी हामी नेपाली हौं भन्ने मुल नाराका साथ नाटक मञ्चन गरिएको कलाकार नारायण योगीले बताएका छन् । रक्तिम सांस्कृतिक परिवारका कलाकार तथा साहित्यकार नारायण योगी, र ऐतिहांसिक जीतगढी किल्ला बचाउ अभियानका संयोजक सन्तबहादुर नेपालीको परिकल्पनामा सडक नाटक तयार गरिएको हो । सडक नाटकमा कलाकारहरु नारायण शर्मा, दलबहादुर बिक, डम्बर भण्डारी, दिलिप रसाली, शिव रोका, लक्ष्मी गुरुङ, लक्ष्मी पौडेल, कमला केसी, ज्योती फौजा, सुमन भण्डारी, रमेश केसी, सरोजमान सिंह, अमर थापा लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
प्रकाशित समय २१:०४ बजे

















