गृहपृष्ठ सवारी साधन नचलाउने व्यवसायीको तथ्याङ्क संकलन सुरु : सरकार द्धारा रुट इजाजत खारेजीको तयारी

सवारी साधन नचलाउने व्यवसायीको तथ्याङ्क संकलन सुरु : सरकार द्धारा रुट इजाजत खारेजीको तयारी

काठमाडौं । सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायीको यातायात व्यवस्था विभागले तथ्याङक संकलन थालेको छ । विभागले सवारी नचलाउने व्यवसायीको रुट इजाजत खारेज गर्नका लागि विवरण संकलन थालेको हो। यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीराम अर्यालका अनुसार अहिले देशैभरी सवारी नचलाउने व्यवसायीको तथ्याङक संकलन भैरहेको छ । “कानूनले हामीलाई यातायात क्षेत्रमा अवरोध गर्ने व्यवसायीको रुट परमिट खारेज गर्ने अधिकार दिएको छ, आजको ४ बजेसम्म तथ्याङक संकलन गर्नेछौं, त्यसपछि तुरुन्त एक्सनमा जान्छौं,” अर्यालले भने ।
उनले विवरण संकलनपछि हडताल गर्ने व्यवसायीको रुट इजाजत खारेज गर्ने स्पष्ट पारे ।
यातायात व्यवस्था विभागको साबिकमा रहेको १४ वटै यातायात कार्यालयबाट तथ्याङक संकलनको काम भैरहेको छ । ४ बजे अघिसम्म सार्वजनिक सवारी साधन तोकेको गन्तव्यमा नगुडाए व्यवसायीको रुट परमिट खारेजी हुनेछ । उता गृहमन्त्रालले सडकमा गुडेका सम्पुर्ण सवारीसाधनको पुर्ण सुरक्षा दिने बताएको छ । गृहले बिहानैदेखि नेपाल प्रहरी र शसस्त्रलाई सञ्चालनमा आएका सवारी सुरक्षामा खटाएको छ । मयुर यातायातलाई नागढुङगा, कलंकीदेखि धुलिखेलसम्म प्रहरीले स्कटिङको व्यवस्था गरेको छ । सरकारले यस्तै आन्दोलनमा जाने व्यवसायीको पुनः नविकरण नगर्ने तयारी समेत गरेको छ ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु