गृहपृष्ठ प्रदेश ४ को वजेट पारित
प्रदेश ४ को वजेट पारित
k|b]z;ef a}7s
k|b]z g+ $ sf] cfOtaf/ a;]sf] k|b]z;ef a}7sdf af]Nb} cfly{s dfldnf tyf of]hgf dGqL ls/0f u'?ª . t:jL/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

पोखरा । प्रदेश नम्बर ४ को सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट पारित भएको छ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले पारित गरेको हो । अर्थमन्त्रीले विधेयक पेश गरेपछि विपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्तिले असहमति जनाउँदै शुक्रबार बैठक अबरुद्ध पारे पनि आन्तरिक छलफलबाट हिजो बैठक सुचारु गरी विधेयक बहुमतबाट पारित गरिएको हो ।
बजेटमाथि विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । कांग्रेसले प्रदेशसभा सचिवालयलगायतको प्लाजा निर्माणका लागि ६ करोड विनियोजन गरेपछि पुनः १ करोड ६२ लाख रुपैयाँ अस्थायी भवनमा खर्च गर्नु अनावश्यक भएको धारणा राखेको छ ।
यस्तै उसले आगामी वर्षको बजेट तर्जुमा गर्न २५ लाख रुपैयाँ छुट्याउनु अवैज्ञानिक भएको धारणा राखेको छ । उसले साहसिक खेलको अध्ययन गर्न विनियोजित २० लाख, जियोलोजिकल पार्क निर्माणमा डिपिआर तयार गर्न विनियोजित ५० लाख, कानुन निर्माणमा विनियोजित २ करोड ६२ लाख, सम्भाब्यता अध्ययनका लागि अपनाईने कार्यविधि अस्पष्ट भएकोप्रति आपत्ति जनाएको छ ।
विनियोजन विधेयकमाथी उठेका जिज्ञासा र प्रश्नलाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले प्रतिपक्ष सदनप्रति जिम्मेवार नभएको आरोप लगाए । उनले सरकारले विनियोजन गरेको बजेट र कार्यक्रम अस्वाभाविक नभएको भन्दै खर्च हुन नसकेको रकम सञ्चित कोषमा जम्मा हुने विश्वास दिलाए । त्यसैगरी बैठकले प्रदेश राजधानी तोक्ने र नामांकनका लागि सुझाव संकलन गर्न गठित समितिको म्याद थप गरेको छ ।
प्रकाशित समय १२:५६ बजे

















