गृहपृष्ठ भारतीय प्र.म मोदीको स्वास्थ्यको जिम्मा मेडिसिटी अस्पतालले लिए
भारतीय प्र.म मोदीको स्वास्थ्यको जिम्मा मेडिसिटी अस्पतालले लिए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यहि वैशाख २८ गते हुने नेपाल भ्रमण का अवसरमा काठमाडौं, जनकपूर तथा मुक्तिनाथ क्षेत्रमा छुट्टा छुट्टै रुपमा स्वास्थ्य सेवाको प्रबन्ध मिलाउनका लागि मेडिसिटी अस्पतालका नाममा पत्र काटे सगैं मेडिसिटी हस्पिटलले तयारी तिब्र पारेको छ । भ्रमण अवधिभर कुनै प्रकारको आपतकालिन स्वास्थ्य सेवा प्रदान गर्नुपर्दाको अवस्थामा मापदण्ड बमोजिमको आइसीयू तयारी अवस्थामा राख्न तथा अस्पतालमातहतको एम्बुलेन्सलाई आवश्यक औषधि सहित तयारी अवस्थामा राख्ने र स्वास्थ्यसम्बन्धी बिशेष सजकता अपनाउनका निमित्त अस्थाइ आइ सीयू भ्रमण स्थलहरुमा स्थापना गर्न र दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोली स्थलगत रुपमा खटाइ सोको विवरणनियमित रुपमा संकलन गरिने बताइएको छ ।
प्रकाशित समय २१:०२ बजे
















