गृहपृष्ठ २२ वटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, इन्भेष्टमेण्टले दियो सबैभन्दा बढी
२२ वटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, इन्भेष्टमेण्टले दियो सबैभन्दा बढी
गत आर्थिक वर्षको मुनाफाबाट वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । २७ वाणिज्य बैंकमध्ये अहिलेसम्म २२ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अन्य कतिपय बैंकहरु लाभांश घोषणाको तयारीमा छन् ।
लाभांश घोषणा गरिसकेका बैंकमध्ये नेपाल इन्भेष्टमेण्ट बैंकले सबैभन्दा धेरै लाभांश दिएको छ । १८ प्रतिशत बोनश र २२ प्रतिशत नगद गरी बैंकले कुल ४० प्रतिशत लाभांश घोषणा गरेको छ ।
१२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश घोषणा गरेको नविल बैंक बढी लाभांश दिने वाणिज्य बैंकको सूचिमा दोस्रो नम्बरमा छ ।
बढी लाभांश दिने बैंकको सूचीमा एनएमबि तेस्रो नम्बरमा छ । एनएमबी बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश घोषणा गरेको छ ।
यसैगरी, बैंक अफ काठमाण्डुले १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिएको छ । यस्तै एभरेस्ट बैंकले २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने स्ट्याण्डर्ड चाटर्ड बैंकले १७.५० प्रतिशत लाभांश दिएको छ । ग्लोबल आइएमईले र प्राइम कमर्सियल बैंकले १६÷१६ प्रतिशत बोनस सेयर घोषणा गरेका छन् ।
यस्तै नेपाल एसबिआई बैंकले ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । हिमालय बैंकले चुक्ता पूँजीको १०.७८९ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी १५.७८९ प्रतिशत लाभांश दिएको छ । यस्तै, सानिमा बैंकले १४ प्रतिशत लभांश दिँदा सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद लाभांश दिएको छ । यसैगरी, सनराईज बैंकले ११.५०, नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिएका छन् ।
एनआईसी एशियाले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश घोषणा गर्दा प्रभु बैंकले ५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश गरी १०.२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । माछापुच्छ्रे बैंकले १० प्रतिशत, जनता बैंकले ८.५० प्रतिशत, लक्ष्मी बैंकले ८.५० प्रतिशत, कुमारी बैंकले पनि ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । यस्तै मेगा बैंकले १ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद लाभांश दिएको छ भने सिटजन्स बैंक इन्टरनेसनलले ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ प्रतिशत नगद लाभांश गरी ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सूचिमा हेर्नुस्, कुन बैंकले कति बाँड्दैछ लाभांश ?
नेपाल इन्भेष्टमेण्ट बैंक–४० प्रतिशत
नविल बैंक– ३४ प्रतिशत
एनएमबि बैंक– ३० प्रतिशत
बैंक अफ काठमाण्डु– २५ प्रतिशत
एभरेस्ट बैंक– २० प्रतिशत
स्ट्याण्डर्ड चाटर्ड बैंक– १७.५० प्रतिशत
ग्लोबल आइएमई बैंक– १६ प्रतिशत
प्राइम कमर्सियल बैंक– १६ प्रतिशत
नेपाल एसबिआई बैंक– १५.७९ प्रतिशत
हिमालय बैंक– १५.७८९ प्रतिशत
सानिमा बैंक– १४ प्रतिशत
सिद्धार्थ बैंक– १३.१६ प्रतिशत
सनराईज बैंक– ११.५० प्रतिशत
नेपाल बंगलादेश बैंक १०.५३ प्रतिशत
एनआईसी एशिया बैंक– १०.५३ प्रतिशत
प्रभु बैंक–१०.२६३ प्रतिशत
माछापुच्छ्रे बैंक– १० प्रतिशत
जनता बैंक– ८.५० प्रतिशत
लक्ष्मी बैंक– ८.५० प्रतिशत
कुमारी बैंक– ८.५० प्रतिशत
मेगा बैंक– ७.८५ प्रतिशत
सिटजन बैंक इन्टरनेसनल– ५.२६३ प्रतिशत
प्रकाशित समय १७:२८ बजे

















