गृहपृष्ठ भारतीय स्पेशल फोर्स मुक्तिनाथमा: अन्नपुर्ण पदयात्रीलाई बैकल्पिक व्यवस्था
भारतीय स्पेशल फोर्स मुक्तिनाथमा: अन्नपुर्ण पदयात्रीलाई बैकल्पिक व्यवस्था

मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको सुरक्षा प्रवन्ध तथा कार्ययोजना तयार गर्न भारतीय एआजी सहित करिव १५ जना टोली रहेको स्पेशल सुरक्षा फोर्स मुक्तिनाथ आइपुगेको छ । टोलीमा भारतीय ४ जना एआईजी सामेल छन् । बुधवार जोमसोम पुगेको टोली विहिबार विहादैदेखि सुरक्षा छलफलमा व्यस्त भएको छ ।
पुर्व तैयारीका लागि मुक्तिनाथ आएका भारतीय स्पेशल फोर्सले मोदी भ्रमणलाई व्यवस्थित गर्न आजा जिल्लाका सरोकारवाला निकायसंग उच्चस्तरिय छलफल गर्दैछ । फोर्स सम्मिलित छलफलले मोदी सरकारलाई कुन–कुन तहका व्यक्तिले नागरिक अभिनन्दन गर्ने भन्ने बारेमा टुङ्गो लगाउने श्रोतले जनाएको छ ।
यस्तै उक्त टोली मोदीको भ्रमण अविधिभर मुक्तिनाथ परिसरमै रहेर सुरक्षा प्रदान गर्ने जनाईएको छ । यसका साथै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने छन् ।
अन्नपूर्ण सर्किट पदयात्रीलाई वैकल्पिक व्यवस्था
आसन्न भारतीय महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको समयमा मनाङ हुँदै मुस्ताङ आउने र मुस्ताङ हुँदै मनाङ जाने अन्नपूर्र्ण पदयात्रीलाई आवत जावत जावतका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।
जिल्ला सुरक्षा समितिले भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको कार्यक्रमलाई सुरक्षित र भरपर्दो बनाउने एवं तीर्थयात्री र पर्यटकहरुको पदयात्रालाई नियमित गराउन वैकल्पिक व्यवस्था गरेको हो । सुरक्षा समितिले गृह मन्त्रालयको निर्देशन आएपछि सुरक्षा र अन्नपूर्ण सर्किटलाई सूचारु राख्न यस्तो निर्णय गरेको हो ।
सुरक्षा समितिको निर्णय अनुसार मोदी भ्रमणको समयमा पदयात्रीले मनाङ हुँदै मुस्ताङ र मुस्ताङ हुँदै मनाङ आवत जावत गर्न मुक्तिनाथक्षेत्र बाहिरको वैकल्पिक बाटो छेङ्गुर, झोङ र पुडाकको बाटो प्रयोग गर्नुपर्ने छ ।
यस्तै, जिल्ला सुरक्षा समितिले आसन्न मोदीको मुक्तिनाथ भ्रमणको समयलाई सुरक्षित र भरपर्दो बनाउन आमसर्वसाधारण तिर्थालुलाई २० घण्टाको समय मुक्तिनाथ क्षेत्रमा प्रबेश गर्न रोक लगाउने निर्णय गरेको छ ।
जसअनुसार मुक्तिनाथ आउने तिर्थालुले बैशाख २८ गते साँझ ४ बजेदेदि बैशाख २९ गते मध्यान्ह १२ बजे सम्म मुक्तिक्षेत्र प्रबेश गर्न नपाउने शाखा अधिकृत जितेन्द्र बलामीले जानकारी दिए ।
मुक्तिनाथको मर्मतसम्भारको कामले पनि तिब्रता पाएको छ । मोदीको स्वागतका लागि गेटहरु बनाउने काम भैईरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ धाराले जानकारी दिए । यस्तै मोदी भ्रमण टोलीको स्वास्थ अवस्थालाई ध्यानमा राख्दै जिल्ला स्वास्थ्य कार्यालयले आईसियु क्याम्प सहित शिविर संञ्चालन गर्ने भएको छ ।
प्रकाशित समय ०९:५९ बजे
















