गृहपृष्ठ ओली र मोदीद्वारा जनकपुर–अयोध्या–जनकपुर वस सेवा शुरु

ओली र मोदीद्वारा जनकपुर–अयोध्या–जनकपुर वस सेवा शुरु

जनकपुर । नेपालको दुई दिने भ्रमणमा आज जनकपुर आएको भारती प्रधानमन्त्रीले जनकपुरको जनकी मन्त्रीरमा पुजाआजज गरेका छन् । पुजाआजा गरेसंगै नेपालको प्रधानमन्त्री केपी शर्मा ओली र उनले जनकी मन्दिरमा सम्बोधन गरे । सम्बोधनको क्रममा भारती प्रधानमन्त्रीलाई नेपालमा स्वागत गरेको ओलीले जनकपुरको महिमा गाएका थिए ।
भारती प्रधामन्त्री मोदी र नेपालको प्रधानमन्त्री ओलीले संयुक्त रुपमा हरियो झण्डा हल्लएर जनकपुर–अयाध्या–जनकपुरको वस सेवा शुभारम्भ गरेका छन् । उनीहरुले वस सेवा शुभारम्भ गर्दा उपस्थित मानिसहरुले स्वागत गरेका थिए ।
बस सेवा शुभारम्भ समारोहमा सम्बोधन गर्दे भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धको विषयमा स्मरण गरेका थिए । उनले दुई देशविचको सम्बन्धी सदियौंदेखिको भएकोले पनि दुबै मलुकको सांस्कृतक चलनसमेत मेल खाने गरेको बताए ।
यस्तै समारोहमा बोल्दै नेपालका प्रधानमन्त्री ओलीले भारतले नेपालमा धेरै कामहरु गर्नका लागि योजना सम्झौता गरेको तर काम नभएको विषय उठान गरे । उनले यसो भनिरहँदा भारती प्रधानमन्त्री मोदी उनीसंगै मुखामुख गरिरहेका थिए ।
ओलीद्वारा नेपाल र जनकी मन्दिरमा स्वागत गर्न पाउँदा खुशी लागको बताए । ‘हाम्रो आउने जाने क्रम जनकको समदेखि, विद्यानहरुको शास्तास्त्रका देखि, रामलक्ष्मण आउँदा देखि रामजानकी विवाहसम्मलाई हेर्दा पनि हुन्छ,’ सम्बोधनमा ओलीले भने, ‘अझै पनि अयोध्याबाट आउने र जाने प्रचलन कायमै छ, त्यही सिलसिलालालाई निरन्तरता दिइएको हे ।
दुई देशविचको सम्बन्ध विस्तार स्थापित गर्न सहयोग पुगेको बताए । ‘हामीले जनकपुरलाई सम्झने पौराणीक घटनाक्रमहरु स्मरण गर्न चाहन्छु, उनले भने, ‘हामी पवित्र रामायण सर्किट सम्झिरहेका छौं । त्यसको विकास गर्न हामी सचेत छौं ।’

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु