गृहपृष्ठ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मुक्तिनाथ दर्शन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मुक्तिनाथ दर्शन

मुक्तिनाथ, मुस्ताङ, नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरे ।

भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उन बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ आए । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले स्वागत गरे ।

पूर्वमन्त्री, सासंद, जनप्रतिनिधि, जिल्लाका सरकारी अधिकारी, सुरक्षा अधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी, मुक्तिनाथवासी सर्वसाधारण पनि मोदीको स्वागतमा खटिएका थिए । मन्दिरको मूल प्रवेशद्वारमा प्रवेश गर्नुपूर्व उनलाई हिन्दू बटुकले स्वस्ती वाचन र बौद्ध आनी ९झुमा० हरुले बौद्ध संस्कृतिमा प्रचलित बाजा ९ङेङे० बजाएर स्वागत गरेका थिए ।

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उनले शोडषोपचार विधिद्वारा पूजा गर्नुभयो । “मोदीले सम्पूर्ण विधि अपनाएर पूजा गरे”,

यत्रो अति विशिष्ट व्यक्तिमा अचम्मको धार्मिक श्रद्धा र विश्वास रहेको उनको भनाइ छ ।
स्वागत र सम्मानमा कुनै औपचारिक कार्यक्रम नराखिए पनि विभिन्न नेपाली विशिष्ट व्यक्तित्व र संघसंस्थाले मोदीलाई उपहार प्रदान गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले हिन्दू धर्ममा पवित्र मानिने शालिग्राम उपहार प्रदान पारे ।

यस्तै मुक्तिनाथस्थित वारागुङ गाउँपालिकाले ताम्रापत्र र भेँडाको उनबाट बनेको गलैँचा उपहार प्रदान गरेको थियो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले पनि गलैँचा उपहार गरे ।

मुक्तिनाथ विकास समिति, स्थानीय आमा समूहलगायत स्थानीय संघसंस्थाले पनि स्थानीय पहिचानका सामग्री उपहार प्रदान गरे।

मन्दिर परिसरमा विभिन्न व्यक्ति एवं संस्थाले उपहार त दिएकै थिए फर्कने क्रममा बाटोमा एक स्थानीयले भोटे गुरुङ समुदायले लगाउने टोपी ९छिरिङ किङ्गा० समेत लगाइदिएका थिए ।

मुक्तिनाथ वरपर टलक्क टल्कने हिमालका साथै अन्य रमणीय दृश्य हेरेर रमाएका मोदी स्थानीयले बजाएको ९ङेङे० बाजा बजाउँदा स्थानीयवासी निकै दंग देखिन्थे ।

स्थानीयवासीसँग साक्षात्कार गर्नुका साथै भलाकुसारी गरेका मोदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी उहाँको वरपर स्थानीयलाई परपर सारे पनि मोदी आँफै स्थानीयवासीसँग रमाए

मोदी मुक्तिनाथको भ्रमणमा आउने पहिलो उच्च तहको विदेशी पाहुना हुनुहुन्छ । उहाँको भ्रमणले देश विदेशमा चिनिएको धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथको थप प्रसिद्धि बढ्ने ठानिएको छ । पर्यटन प्रवद्र्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासमासमेत भ्रमणलाई जोडेर हेरिएको छ । भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने ठानिएको छ ।

विकास, सहयोग आदानप्रदान, सुदृढ मैत्री सम्बन्धजस्ता विषयमा भ्रमण फलदायी हुने मुस्ताङवासीको अपेक्षा छ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामोले भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणको ऐतिहासिक महत्व रहेको बताए ।
भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्ने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनले बताउनुभयो ।

अन्तर्राष्ट्रिय जगत्मा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उहाँको भनाइ छ । “मुक्तिनाथको प्रचारप्रसारमा भ्रमणले ठूलो सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “भ्रमण सफल र फलदायी बनेको छ ।”

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु