गृहपृष्ठ बाइक छाडेर गाडी चढ्न चाहनेका लागि ‘निशानको माइक्रा’

बाइक छाडेर गाडी चढ्न चाहनेका लागि ‘निशानको माइक्रा’

काठमाडौं । निशानको माइक्रा सन् २०११ देखी नेपाली बजारमा प्रवेश गरेको हो । मुलत मोटरसाईकलमा यात्रा गरिरहनेहरुले बाइक छाडेर गाडि चढ्न चाहनेहरुलई लक्षित गरी नेपाल भित्र्याइएको माइक्रा ह्याचब्याकले सुरुआत देखिनै राम्रो बजार लिन सफल भएको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पको दावी छ ।

पायोनियरले नेपालमा गत भदौदेखि निशानका गाडी बिक्री गर्दै आइरहेको छ । ग्राहकले सर्वप्रथम ब्राण्ड, उपयुक्त मूल्य, लुक्स, कम्फर्ट आदी कारणले मन पराएको पयोनियर मोटो कर्प प्रालिका सिनियर सेल्स म्यानेजर राजकुमार ढकाल बताउँछन् ।
‘निशानको गुणस्तरको बारेमा त केही भन्नै परेन’ उनले भने ‘पायोनियरले निशानको डिलरसिप लिएपछि गाडी तथा स्पेयर पार्टस्को मूल्य घटाउनुको साथै बिक्रीपछिको सेवा पनि विस्तार गरिरहेका छौँ ।’
ग्राहकलाई असुविधा नहोस भन्ने हिसावले मोवाइल मेकानिक टोलीको सुविधा दिएको उनले बताए । बीच बाटोमै गाडी बिग्रियो भने टोलीले त्यही गएर सेवा दिनेछ ।
माइक्रामा १.२ लिटरको युरो ४ स्ट्यान्डर्डको इन्जिन प्रयोग गरिएको छ । जसले ५ हजार आरपिएममा ६८ पिएस पावर र ४ हजार आरपिएममा १०४ एनएम टर्क उत्सर्जन गर्छ ।
२ सय ५१ लिटर बुट स्पेस रहेको माइक्रामा ४१ लिटर इन्धन क्षमता छ । एक्सएल तथा एक्सभी भेरियन्टको माइक्राले १८.९७ र एक्सभि सेफ्टीले १९.४९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
माइक्राको पाण्डा डिजाइनले यसलाई अरु गाडी भन्दा भिन्न र आकर्षक लुक्स दिइएको ढकालले बताए ।
माइक्रा सुन्तला, निलो, कालो, सिल्भर, रातो र सेतो गरी ६ वटा रङ्गहरुमा उपलब्ध छ । यसमा ब्लुटुथ कनेक्टिभिटी, एयर ब्याग, एबिएस लगायतका सुविधा छन् ।
गाडीमा रहेको सेल्फ डाइग्नाइस सिस्टमका कारण आफैले गाडी बिग्रिएको थाहा पाउन सकिन्छ। यो सिस्टम अरु कुनै पनि कम्पनीसँग नभएको ढकालले दावी गरे ।
‘यसको स्पेयर पार्टस् र सर्भिसिङ अरु प्रतिस्पर्धी ब्राण्डको भन्दा सस्तो छ, गाडी किन्न आउने ग्राहकलाई हामी तुलना गराएर पनि देखाउछौं’ ढकालले भने ।
यो विशेषताका कारण सिटीकार भए पनि बाहिर लान सकिने कम्पनीको दावी छ । माइक्राको खरिदमा ग्राहकले ३ वर्षको वारेन्टी र ३ वर्षकै फ्रि सर्भिसिङ पाउने ढकालले जानकारी दिए ।
‘एक्सएल’ भेरियन्टको मूल्य २५ लाख ९९ हजार, ‘एक्स भि’को २६ लाख ९९ हजार र ‘एक्सभि सेफ्टी’ को २८ लाख ९९ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु