गृहपृष्ठ स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण

स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला बोनस र लाभांश पाउन आशामा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण बढेको छ ।

बिहीबार स्ट्याण्डर्ड चाटर्डको सेयर प्रतिकित्ता १ हजार ९३२ रुपैयाँमा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डको बिहीबारसम्म सेयर किन्नेले मात्र शतप्रतिशत बोनस सेयर पाउने भएपछि उसको सेयर कारोबार बढेको हो । आइतबारदेखि स्ट्याण्डर्डको सेयर किन्नेले बोनस सेयर पाउदैनन् ।

यस्तै ५५ प्रतिशत नगद लाभांश पाउने भएपछि नेपाल टेलिकमको पनि सेयर कारोबार बढेको छ । टेलिकमको सेयर आइतबारसम्म किन्नेले नगद लाभांश पाउने छन् । बिहीबार टेलिकमको प्रतिकित्ता ८४३ रुपैयाँमा १० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार घटेका बेलामा प्रभु बैंकको संस्थापक सेयर पनि कारोबार भएको छ । प्रतिकित्ता १७० रुपैयाँमा ३ करोड १८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

सेयर बजार घटन थालेपछि लगानीकर्ताले संस्थापक सेयरमा लगानी गर्न थालेका छन् । संस्थापक सेयर आधा मूल्यामा किन्न पाइने र लाभांश उत्तिनै पाउने भएपछि बजार घटेका बेला संस्थापक सेयरको कारोबार हुने गरेको छ । स्ट्याण्डर्ड, टेलिकम र प्रभुका कारण बजार घटेपनि ८१ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार सेयर बजार १०.७३ अंक घट्ेको छ । बजार घटेर नेप्से परिसुचक १ हजार ४१४ अंकमा सीमित भएको छ । महुली सामुदायिक लघुवित्तीय संस्था लिमिटेडको सेयर १० प्रतिशत बढेको छ । महुली लघुवित्तका लगानीकर्ताले बिहीबार प्रतिसेयर २९२ रुपैयाँ कमाएका छन् । महुलीको सेयर मूल्य बढेर प्रतिकित्ता ३ हजार २१२ रुपैयाँ पुगेको छ ।

बिहीबार व्यापार र होटल समूहको सेयर बढेको छ भने बैंक, वित्त कम्पनी, बीमा, जलविद्युत र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य घटेको छ ।

प्रकाशित समय १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु