गृहपृष्ठ अदालतको फैसलाविरूद्ध विद्रोह सुरू गर्छौं : राजेन्द्र महतो
अदालतको फैसलाविरूद्ध विद्रोह सुरू गर्छौं : राजेन्द्र महतो
फाइल तस्बिर
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने कैलाली जिल्ला अदालतको फैसला मान्य नहुने चेतावनी दिएका छन् ।
अदालतको फैसलाले राजपाका सांसद चौधरीमाथि ‘अन्यायमाथि अन्याय’ भएको टिप्पणी गर्दै त्यसविरूद्ध मुलुकमा राष्ट्रिय विद्रोह गर्ने चेतावनी दिए । चौधरीविरूद्ध जन्मकैदको फैसला भएपछि आक्रोशित महतोले, प्रचण्ड, केपी ओली, गिरिजाप्रसाद कोइरालालगायतलाई किन जन्मकैदको फैसला नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ?’ महतोले भने, ‘यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरु हन्छ ।’
प्रकाशित समय १७:१९ बजे

















