गृहपृष्ठ लागुऔषधसहित महिला पक्राउ

लागुऔषधसहित महिला पक्राउ

pakrau-arrest-newskarobar

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट बुधबार प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गर्दा धरान–८ की ३५ वर्षीया रिया लिम्बू (तामाङ) पक्राउ परेकी हुन् ।

पक्राउ परेकी लिम्बूको साथबाट प्रहरीले डाइजेल्याब २० एम्पुल, एभिल २० एम्पुल, लुपिजेसिक २० एम्पुल, एसपी ट्याब्लेट १६ थान र नाइट्रोजन ट्याब्लेट ५ थान बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेकी महिलालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु