गृहपृष्ठ गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रह : शशांक
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रह : शशांक
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले धर्मको बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन् । काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले धर्मको बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका हुन् ।
‘कांग्रेस गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रहमा जान तयार छ’ उनले भने । राज्य धर्म निरपेक्ष र सापेक्ष दुबै हुन नसक्ने भन्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई सबैले दबाब दिनुपर्ने बताए ।
‘सदनदेखि मतदातासम्म हिन्दुको बहुमत भएकालेसबैलाई समेट्न हिन्दू राष्ट्र हुनुपर्छ’ उनले भने ।
प्रकाशित समय १४:३५ बजे
















