गृहपृष्ठ संविधान संशोधन गर्न कांग्रेस तयार : नेता पौडेल

संविधान संशोधन गर्न कांग्रेस तयार : नेता पौडेल

ramchandra paudel-newskarobar

नेपाली कांग्रेसका नेता रामचन्द पौडेलले संविधानमा भएको त्रुटिलाई सच्याउन कंग्रेस तयार रहेको बताएका छन् । धनुषाको जनकपुरधाममा पत्रकारसँग उनले तराइ मधेसमा रहको असन्तुष्टिलाई संविधान संशोधन गरेर समाधान गर्नुपर्ने बताए ।

मधेशवादी दलहरुले संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरिरहेको उनको भनाइ छ । नेता पौडेलले सरकारले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट चलाएको आरोप लगाए । वाइडवडी प्रकरण लगायतका विषयमा अदालत र अख्तियारको मौनताले सो कुरा प्रष्ट भएको उनको भनाइ छ ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु