गृहपृष्ठ बारमा नयाँ नेतृत्वको लागि आज निर्वाचन
बारमा नयाँ नेतृत्वको लागि आज निर्वाचन
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
२५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभरका १० हजार ३१३ कानुन व्यवुायीले मतदाताले मतदान गर्दैछन् । शनिबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ । देशभर ३५ मतदान केन्द्रबाट एकसाथ मतदान हुँदैछ । नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ उम्मेदवार छन् भने लोकतान्त्रिकबाट सुनिलकुमार पोखरेल अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । २५ सदस्सीय कार्यसमितिका लागि ६३ को उम्मेदवारी छ । बार नेतृत्वको कार्यकाल तीन वर्षेका हुन्छ जहा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।
काठमाडौं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा मतदान हुँदैछ ।
प्रकाशित समय १०:०३ बजे
















