गृहपृष्ठ माछापुच्छ्रे बैंकका एकसाथ आठवटा शाखारहित बैंकिङ सेवा सञ्चालन
माछापुच्छ्रे बैंकका एकसाथ आठवटा शाखारहित बैंकिङ सेवा सञ्चालन
माछापुच्छ्रे बैंकले कास्कीमा एकैपटक आठवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट र सैमराङमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रमार्फत अत्याधुनिक बैंकिङ सेवा पुर्याइरहेको जनाएको छ । देशभर माछापुच्छ्रे बैंकका ७३ शाखारहित बैंकिङ एकाइ सञ्चालनमा छन् ।
ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्न सकिने सुविधाको बैंकले उपलब्ध गराएको छ ।
बैंकले नेपालमै पहिलोपटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको जनाएको छ ।
प्रकाशित समय १७:४४ बजे

















