गृहपृष्ठ खानेपानीमन्त्री विना मगरको बैंक खातामा शून्य रकम
खानेपानीमन्त्री विना मगरको बैंक खातामा शून्य रकम
काठमाडौं– खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आफ्नो नाममा पाँच तोला सुन र १६ तोला चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । प्रकाश दाहालको नाममा चितवनको भरतपुरमा दुर्इ कठ्ठा जग्गा र चितवनमै सगोलको एक कठ्ठा जग्गा मन्त्री विनाकी सासू सीता दाहालको नाममा रहेको सम्पत्ती विवरणमा उल्लेख छ ।
सवारी साधनतर्फ प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उनले सम्पत्ति विवरणमा सार्वजनिक गरेकी छन् । उनको नाममा एभरेस्ट बैंकमा खाता भए पनि पैसा छैन । मन्त्री मगर चैत २ गते मन्त्री नियुक्त भएकी हुन् । उनले मन्त्री नियुक्त भएको ६७ दिनपछि सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।
प्रकाशित समय १२:५४ बजे
















