गृहपृष्ठ एनसीसी बैंक र आईएमई पे बीच डिजिटल वालेट सेवा सम्झौता
एनसीसी बैंक र आईएमई पे बीच डिजिटल वालेट सेवा सम्झौता
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र आईएमई डिजिटल सोलुसनको आईएमई पे बीच डिजिटल वालेट सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र आईएमई पे का सञ्चालक खिलेन्द्र पौडेलले हस्ताक्ष्।र गरेका छन् ।
सम्झौतासँगै एनसीसी बैंकका ग्राहकले इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम आईएमई पे मा लोड गरी मोबाइलमा रिचार्ज, हवाई टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत् महसुल भुक्तानी, सिनेमा टिकट भुक्तानी जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्ने भएका छन् । बैंकले १२० शाखा र ८१ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १२:२६ बजे

















