गृहपृष्ठ भारतको चिठीका विषयमा प्रधानमन्त्रीको क्षमायाचना

भारतको चिठीका विषयमा प्रधानमन्त्रीको क्षमायाचना

kp-oli-newyear-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादीको चिठीका विषयमा क्षमायाचना गरेका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भारतबाट भारतबाट पात्र आएको रहेछ तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुप-यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

भारतबाट आएको पत्र गोप्य राखिएका कारण आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘सामान्य लापर्बाही हो वा जानीबुझी झुक्याइएको हो बुझ्ने काम भइरहेको छ ।’ नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्नेमा सरकार प्रस्ट रहेको उनले बताए ।

प्रकाशित समय १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु