गृहपृष्ठ नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै

nekapa sachibalaya newskarobar

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक डाकेका हुन् । प्रधानमन्त्री ओली सिंगापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसी अर्का अध्यक्ष दाहाललाई कार्यकारी अधिकार दिएको थियो ।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्य्विभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रकाशित समय ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु