गृहपृष्ठ आइसिएफसी फाइनान्सले ऋणपत्र बिक्री गर्ने

आइसिएफसी फाइनान्सले ऋणपत्र बिक्री गर्ने

आइसिएफसी फाइनान्स लिमिटेडले २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ ।

फाइनान्सले दुई लाख कित्ता ऋणपत्र प्रतिकित्ता एक हजारका दरमा बिक्री गर्ने भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री गर्ने सम्बन्धमा आइतबार ग्लोबल आइएमई क्यापिटल लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेडबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सो ऋणपत्र सात वर्षका लागि वार्षिक १२ प्रतिशत ब्याजदरमा प्रत्येक छ–छ महिनामा ब्याज पाउने गरी बिक्री गर्न लागिएको हो ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु