गृहपृष्ठ ईश्वर पोखरेल भन्छन्- आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएकै छैन

ईश्वर पोखरेल भन्छन्- आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएकै छैन

'सशस्त्र जनयुद्धलाई अपराधसँग जोड्न मिल्दैन'

Iswar pokhrel newskarobar

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री हुने सहमति नभएको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग उनले प्रश्न गरे, ‘नेकपाका अध्यक्षद्वयबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएको छ, केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भनेर कहाँ सहमति भएको छ ?’

यद्यपी, आवश्यकताअनुसार पार्टीको निर्णयअनुसार पदीय जिम्मेवारी भने हेरफेर हुनसक्ने पोखरेलको भनाइ छ । मिडियामा आएजस्तो प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुनै विवाद नरहेको उनको प्रस्टोक्ति छ ।

‘सशस्त्र जनयुद्धलाई अपराधसँग जोड्न मिल्दैन‘

रक्षामन्त्री पोखरेलले तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धलाई अपराधसँग जोडेर हेर्न नहुने बताए । ‘विगत र आगतमा भएका जस्तासुकै अपराधको अनुहार नहेरी सरकारले अनुसन्धान गर्छ,’ उनले भने, ‘तथ्यसहित बाहिर आएका आपराधिक घटनामा संलग्नको अनुहार र पद केही नहेरी सरकारले कारबाही गर्छ, तर तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धलाई अपराधसँग जोडेर हेर्न मिल्दैन ।’

मन्त्री पोखरेलले बिप्लव समूहले हत्या हिंसा नत्यागेसम्म वार्ता हुन नसक्ने दोहोर्‍याए ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु