गृहपृष्ठ कांग्रेस वडाध्यक्ष नेकपा प्रवेश
कांग्रेस वडाध्यक्ष नेकपा प्रवेश
विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका-७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।
पुर्चौडी नगरपालिका-४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए । उनीहरूलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए । (रासस)
प्रकाशित समय ११:३२ बजे
















