गृहपृष्ठ जापान सरकारद्वारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान गर्ने निर्णय

जापान सरकारद्वारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान गर्ने निर्णय

ramchandra-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गर्ने निर्णय गरेको छ । जापान सरकारले बिहीबार वरिष्ठ नेता पौडेललाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

जापान सरकारले प्रदान गर्ने ग्रान्ड कार्डन अफ दि अर्डर अफ  द राइजिङ सन अवार्ड पौडेललाई प्रदान गर्ने भएको हो । पौडेललाई नेपाल‑जापान सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो अवार्ड दिइएको दूतावासले जनाएको छ ।

पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान‑नेपाल फ्रन्डसिप पार्लिमेन्टेरियन कमिटी गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको जनाइएको छ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु