गृहपृष्ठ प्रधानमन्त्रीको प्रश्न‑ मान्छेले फोहोरको थुप्रोमा खाना खोज्नुपर्ने कस्तो लोकतन्त्र ?

प्रधानमन्त्रीको प्रश्न‑ मान्छेले फोहोरको थुप्रोमा खाना खोज्नुपर्ने कस्तो लोकतन्त्र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेका छोराछोरीले फोहोरको थुप्रोमा खाना खोज्नुपर्ने कस्तो लोकतन्त्र हो ? भन्दै प्रश्न गरेका छन् । उनले सतही लोकतन्त्र नभई सरकार पूर्ण लोकतन्त्रका लागि लडिरहेको पनि बताए ।

‘वर्तमान सरकार गठन हुनुअघि बालबालिकाले सडकमा कुकुरसँग लडाइँ गरेर खाना खोज्नुपर्ने स्थिति थियो,’ उनले भने, ‘अहिले सहरी क्षेत्र सडक बालबालिका मुक्त भएको छ, हामी त्यस्तो पूर्ण मानवअधिकारसहितको लोकतन्त्र चाहन्छौँ ।’ सरकारले मानव जीवनका सम्पूर्ण पक्षमा ध्यान दिने लोकतन्त्रको कुरा गरिरहेको उनले स्पष्ट पारे ।

उनले समृद्ध नेपालमात्र नभएर खुसी नेपालीको परिकल्पना गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको पनि जानकारी गराए । स्वतन्त्रताका हकअधिकारसहितको स्वतन्त्रताको सरकारले वकालत गरिरहेको उनले जनाए । यसैलाई समाजवाद उन्मुख लोकतन्त्र भनिएको उनले बताए ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु