गृहपृष्ठ चिनियाँ राजदूत यान्छीले भेटिन् नेकपा नेता खनाललाई

चिनियाँ राजदूत यान्छीले भेटिन् नेकपा नेता खनाललाई

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले मंगलबार बिहान डल्लु पुगेर पूर्वप्रधानमन्त्री खनाललाई भेटेकी हुन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ । सत्ताको विषयमा नेकपाभित्र विवाद बढेको बेला चिनियाँ राजदूत होउले सक्रियता बढाएकी छन् । यसअघि होउले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् । होउको आजको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल र वामदेव गौतम पक्षका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टीमा विवाद चर्किएको छ ।

प्रकाशित समय ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु