गृहपृष्ठ नेकपा टकराव : सचिवालय बैठक निर्धारित समयमै, मन्त्रिपरिषद बैठक सर्‍यो

नेकपा टकराव : सचिवालय बैठक निर्धारित समयमै, मन्त्रिपरिषद बैठक सर्‍यो

nekapa-building_newskarobar

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्दै छ । सोही समयमा मन्त्रिपरिषद बैठकको समय तोकिएपछि अन्योलमा परेको सचिवालय बैठक निर्धारित समयमै बस्ने नेकपाले जनाएको छ ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जनाएका छन् । ट्वीटरमार्फत श्रेष्ठले पूर्व निर्धारित समयअनुसार नै बालुवाटारमा बैठक बस्ने बताएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठककै समयसँग जुधाएर  मन्त्रिपरिषद बैठक बोलाएका थिए । सचिवालय बैठक र मन्त्रिपरिषद बैठक एकैपटक पर्ने भएकाले मन्त्रिपरिषद बैठक एक घण्टा पछिका लागि सारिएको बालुवाटार स्रोतले जनाएको छ ।

 

सचिवालय बैठकमा आफू सहभागी नहुनका लागि पार्टीको बैठकको समय जुधाएर ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको उनीनिकट एक नेताले बताएका छन् । शुक्रबारको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि संगीन आरोपसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि ओली समस्यामा परेका छन् ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु