गृहपृष्ठ प्रचण्डद्वारा प्रस्तुत प्रस्तावको बुँदागत जवाफ दिँदै ओली

प्रचण्डद्वारा प्रस्तुत प्रस्तावको बुँदागत जवाफ दिँदै ओली

नेकपा सचिवालय बैठक (फाइल तस्बिर) ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । दिउँसो १ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको १९ पृष्ठ लामो राजनीतिक प्रस्तावको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ दिइरहेका छन् । बैठकमा दाहालको प्रस्तावमाथि ओलीले बुँदागत रूपमा जवाफ दिन सुरु गरेका छन् ।

प्रचण्डले सचिवालयका बहुमत सदस्यहरु वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा ओलीको कार्यशैली र सरकारका कामको समीक्षा गर्दै राजनीतिक प्रस्ताव पेश कात्तिक २८ मा गरेका थिए । सुरुमा प्रचण्डको प्रस्तावमा जवाफ नदिने बताएका ओलीले मंसिर ३ गतेको बैठकमा जवाफी प्रस्ताव तयार पार्न १० दिनको समय मागेका थिए ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु