गृहपृष्ठ कांग्रेसले बोलायो आकस्मिक बैठक
कांग्रेसले बोलायो आकस्मिक बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले विकसित घटनाक्रमका विषयमा छलफल गर्न दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएको हो । बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
कांग्रेस नेताहरूले प्रधानमन्त्रीको कदमको तीव्र आलोचना गरिरहेका छन् । प्रवक्ता विश्वप्रकाश शर्मा, मीनेन्द्र रिजाल, डा. शेखर कोइराला, गगन थापा, रामहरि खतिवडालगायतले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गरेका हुन् ।
प्रकाशित समय ११:५२ बजे

















