गृहपृष्ठ आइतबार सुनको मूल्य स्थिर

आइतबार सुनको मूल्य स्थिर

आइतबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन शुक्रबारकै मूल्य अर्थात ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजावी सुन पनि शुक्रबारकै मूल्य ९३ हजार ८५० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि आइतबार स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु