गृहपृष्ठ केपी ओलीको अहंकारको सिकार बन्यो देश : गगन थापा

केपी ओलीको अहंकारको सिकार बन्यो देश : गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता गगन थापाले देश र संविधान प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारको सिकार बनेको बताएका छन् । प्रधानमन्त्रीले संसद विघटन गरेर वैशाखका लागि निर्वाचनको मिति तोकेपछि विरोधमा आयोजना गरिएको सभामा नेता थापाले देश नेकपाभित्रको झगडा र ओलीको अहंकारको सिकार बनेको बताएका हुन् ।

प्रधानमन्त्रीको दम्भका कारण एउटा सांसदले पाँच वर्षका लागि पाएको जनादेशअनुसार काम गर्न नपाएको उनले बताए । ‘मलाई मतदाताले पाँच वर्षका लागि सांसद बनाएका हुन्, अहिले सडकबाट आफ्ना कुरा राख्न बाध्य भएको छु,’ उनले भने, ‘प्रधानमन्त्रीको कदमले देशको तीन वर्ष फेरि खेर गएको मात्र छैन, जनताका असन्तुष्टि झनै चुलिएका छन् ।’

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु