गृहपृष्ठ केपीका साइबर स्यालभन्दा भगौडाहरूले धेरै खरानी घसेको देख्दा लाज लाग्यो : प्रचण्ड

केपीका साइबर स्यालभन्दा भगौडाहरूले धेरै खरानी घसेको देख्दा लाज लाग्यो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माधव-प्रचण्ड) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपीले बनाएका साइबर स्यालभन्दा भगौडाहरूले बढी खरानी घसेको देख्दा लाज लागेकाे बताए ।

सोमबार आयोजित प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले कर्मचारीको निगरानी गर्ने गरी बनाएका साइबर सेनाभन्दा आफ्नो पार्टीबाट भागेकाहरूले बढी उफ्रेको देख्दा दुख लागेको बताएका हुन् । फरक प्रशंगमा उनले भने, ‘यो प्रदर्शनमा सहभागी हुने कर्मचारीहरुको केपीका स्यालहरुले रेकर्ड राख्ने र कारबाही गर्ने भन्ने धम्की दिएको मैले सुने । म चुनौती दिन चाहान्छु । कारबाही गरेर देखाऊ ।’

उनले नागरिक समाज तथा जनताको पार्टीले आयोजना गरेको -यालीमा सहभागी भएका कर्मचारीलाई कसैले रेकर्ड राख्न नहुने बताए । उनले भने, ‘कर्मचारीले जसरी नागरिक समाजलाई साथ दिएर गणतन्त्रको आन्दोलनमा साथ दिनुभयो र गौरवान्वित हुनुभयो । त्यसरी नै हामीलाई साथ दिन आउनुभएको हो । त्यसैले कर्मचारीलाई भन्न चाहान्छु, नडराउनुस् तपाईको छिसिक्कै रौंमात्रै हल्लिए पनि तपाईहरुलाई हामी सुरक्षा दिन्छौं । भोली जनताको सरकार आउने छ । र कारबाही त त्यसलाई गर्नेछ, जसले गणतन्त्रको धज्जी उडायो ।’

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु