गृहपृष्ठ एनसीसी बैंकको १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित
एनसीसी बैंकको १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न साधारण सभाले १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
साधारण सभाबाट संस्थापक समूह ‘क’बाट तीन र सर्वसाधारण समूह ‘ख’बाट एक महिलासहित तीन जना गरी जम्मा छ जना सञ्चालकको निर्विरोध चयन गरेको छ । समूह ‘क’बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् । त्यसैगरी समुह ‘ख’बाट निर्वाचित हुनेहरुमा चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान रहेका छन् । सञ्चालकहरुको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको बैंकले जनाएको छ ।
साधारण सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयरपश्चात यस बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ । हाल बैंकले ७ वटै प्रदेशमा गरी १२७ शाखा र १०२ वटा एटीएममार्फत सेवा प्रवाह गरिरहेको छ ।
प्रकाशित समय १६:३५ बजे

















