गृहपृष्ठ कात्तिक २८ को ‘आरोपपत्र’ फिर्ता लिए पार्टी एकता हुन सक्छ : ईश्वर पोखरेल

कात्तिक २८ को ‘आरोपपत्र’ फिर्ता लिए पार्टी एकता हुन सक्छ : ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता ईश्वर पोखरेलले नेकपामा अर्को पक्षको अरोपपत्र फिर्ता भएमा पार्टी एकता हुने बताएका छन् । सोमबार एक पत्रकार सम्मेलनमा नेकपा एकताको लागि प्रचण्ड पक्षले २८ कात्तिकमा दर्ता भएको ‘आरोपपत्र’ फिर्ता गरेर चुनावमा सहभागी भए एकता हुन सक्ने बताएका हुन् ।

ओली समूहले आगामी २३ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टी एकताका लागि उहाँहरूले ‘आरोपपत्र’ फिर्ता लिनुपर्छ र चुनावमा सहभागी हुनुपर्छ । त्यसपछि मात्र एकता सम्भव हुन सक्छ ।’

आइतबार निर्वाचन आयोगले पार्टी विभाजनको मान्यता नदिने निर्णय गरेपछि दुवै पक्ष उत्साहित देखिएका छन् । ‘अहिले अराजकता सिर्जना गर्न खोजियो, अब एकतालाई कायम राख्ने हो भने पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले प्रथम अध्यक्षलाई लगाएको गम्भीर आरोपपत्र फिर्ता लिनुपर्छ । त्यसपछि मात्र सम्भव हुन सक्छ ।’

 

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु