गृहपृष्ठ ५१ प्रतिशतले नाफा बढेपछि कुमारी बैँक ६ महिनामै अर्बपति सूचीमा

५१ प्रतिशतले नाफा बढेपछि कुमारी बैँक ६ महिनामै अर्बपति सूचीमा

kumari-bank-newskarobar

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कुमारी बैँक अर्बपति सूचीमा उक्लिएको छ । पुस मसान्तसम्म बैँकको नाफा ५१.४९ प्रतिशतले बढेर १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले समीक्षा अवधिमा ८० करोड ३० लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैँकको वितरणयोग्य नाफा भने ३.१९ प्रतिशत घटेर ६३ करोड ७५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । बैँकको खुद नाफा र सञ्चालन नाफा दुवैमा आकर्षक सुधार आएको छ । खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत र सञ्चालन नाफा ५३.४७ प्रतिशत बढेको छ ।

एक वर्षको बीचमा बैँकले देवः विकास बैँकलाई प्राप्ति गरेकाले पनि चुक्ता पुँजी, रिजर्भ कोष, निक्षेप संकलन, कर्जा लगानीलगायतका अधिकांश सूचकमा आकर्षक वृद्धि भएको हो । बैँकको प्रतिसेयर आम्दानी १७.५३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.८२ रुपैयाँ छ ।

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु