गृहपृष्ठ सनराइज बैँकका थप तीन शाखारहित बैँकिङ इकाइ स्थापना

सनराइज बैँकका थप तीन शाखारहित बैँकिङ इकाइ स्थापना

sunrise-newskarobar

सनराइज बैँकले उदयपुर र ओखलढुंगामा तीनवटा नयाँ शाखारहित बैँकिङ सेवाको सुरुवात गरेको छ । बैँकले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहा तथा ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार र मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेमा शाखारहित बैँकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैँकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट शाखारहित बैँकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिन्छ । ग्राहकले स्थानीय प्रतिनिधिमार्फत निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सक्ने बैँकले जनाएको छ ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु