गृहपृष्ठ संसद विघटनविरूद्धको विरोध सभामा १४ नेताले सम्बोधन गर्ने

संसद विघटनविरूद्धको विरोध सभामा १४ नेताले सम्बोधन गर्ने

विरोध सभाअघि निकालिएको जुलुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले बुधबार आयोजना गरेको आमसभामा एक दर्जनभन्दा बढी नेताले सम्बोधन गर्ने भएका छन् । वक्ताको रूपमा केही केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रवक्ता, वरिष्ठ नेता तथा अध्यक्षद्वय गरी १४ जनाको नाम तय भएको छ ।

सभामा केन्द्रीय कमिटी सदस्यहरू अञ्जना विशंखे, अमृता थापामगर, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा र सन्तकुमार चौधरी बोल्नेछन् । त्यसैगरी, स्थायी कमिटी सदस्यहरू जनार्दन शर्मा, देवप्रसाद गुरुङ, भीमबहादुर रावल, रघुजी पन्त, प्रवक्ता एवं केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता झलनाथ खनालका साथै अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसभालाई सम्बोधन गर्नेछन् ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु