गृहपृष्ठ प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन (१२ तस्बिर)
प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन (१२ तस्बिर)

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरूद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो समूहले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोध सभाको गरेको हो । सभालाई सो समूका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू जनार्दन शर्मा, देवप्रसाद गुरुङ, भीमबहादुर रावल, रघुजी पन्त, प्रवक्ता एवं केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
प्रकाशित समय १८:०७ बजे