गृहपृष्ठ उपभोग्य बस्तुको मूल्य आकासियो, २० प्रतिशतसम्म मूल्यवृद्धि
उपभोग्य बस्तुको मूल्य आकासियो, २० प्रतिशतसम्म मूल्यवृद्धि
सरकारले अनुगमनमा दिएन चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता भोकै बस्नु नपर्ने भाषण गर्दै आएका छन् । तर सरकारले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि बजेट ल्याएसँगै जनताको ढाड सेक्नेगरि उपभोग्य बस्तुको भाउ बढेको छ । उपभोग्य बस्तुमा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।
बजेट भाषणपछि दाल, चामल, तरकारी लगायतका उपभोग्य बस्तुको भाउ आकासिएको छ । व्यवसायीले उपभोग्य बस्तुको कृतिम अभाव सृजना गरेका छन् । तर, कृतिम अभाव सृजना गर्ने व्यवसायीलाई सरकारले कारर्बाही गर्न सकेको छैन । उपभोक्ताले दैनिक उपभोग्य बस्तु सहज रुपमा पाउन सकेकका छैनन् । बजार भाउ बढ्दा समेत सरकारले अनुगमन र नियमणमा चासो नदिएको उपभोक्ताको गुनासो छ ।
सरकाले सुशासन, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्ने मुख्य प्राथमिकतामा राखेपनि व्यवहारमा कार्यान्वयन गर्न सकेको छैन । एकातिर प्रधानमन्त्री जनता भोकै बस्नु नपर्ने भाषण गर्दै हिड्ने अर्कोतिर महंगीले गरिब जनातको घरका चुल्हो बल्न नसक्ने अवस्था आएको छ । तत्काल बजार अनुगमन गरेर मूल्यवृद्धि र कृतिम अभाव सृजना गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन उपभोक्ताको माग छ ।
प्रकाशित समय ०९:२३ बजे

















