गृहपृष्ठ चीन भ्रमण ऐतिहासिक भएको प्रधानमन्त्रीको दाबी

चीन भ्रमण ऐतिहासिक भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई चीन भ्रमणबारे जानकारी गराएका छन् । ऊर्जा, पर्यटन, रेलमार्गलगायतका विषयमा ऐतिहासिक सहमति भएको उनले दाबी गरेका छन् ।

चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री, चिनियाँ राष्ट्रिय कांग्रेसका अध्यक्ष र तिब्बत जनसरकारका प्रमुखसँग मुख्य भेटवार्ता भएको प्रधानमन्त्रीले सदनलाई जानकारी गराए । नेपालको आर्थिक समृद्धिमा चिनियाँ पक्षबाट सहयोगको प्रतिबद्धता आएको उनले बताए ।

दुई देशबीच पारवहन सेवा विस्तारका विषयमा एक महिनाभित्रै बैठक बसी टुंगो लगाउने सहमति भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपालमा तेल र ग्यास उत्खनन्का लागि चिनियाँ पक्ष सहयोग गर्न तयार रहेको पनि जानकारी गराए ।

प्रधानमन्त्री ओलीले चीनमा नेपाली वस्तु निर्यात बढाउन पोस्ट हार्भेस्टिङ सेवा विकास गर्ने सहमति भएको बताए । ‘छेन्दुमा महावाणिज्य दूतावास खोल्न नेपालले राखेको प्रस्तावमा चीन सकारात्मक भएको छ,’ उनले भने ।

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु