गृहपृष्ठ नेकपाले तल्ला कमिटी एकता तीव्र बनाउने
नेकपाले तल्ला कमिटी एकता तीव्र बनाउने

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले पार्टीका तल्ला कमिटी र जनबर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रिया तीब्र बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तल्ला किमिटी एकतामा देखिएका अन्यौल तत्काल समाधान गर्ने निर्णय गरेको हो ।
नेकपामा पार्टीको प्रदेश कमिटीको अध्यक्ष र इन्चार्जसिप केन्द्रीय नेताहरूले नै गरे पनि केन्द्रीय समितिमा परेका अरु नेताहरू प्रदेश कमिटीमा रहने–नरहने भन्ने अझै टुंगिएको छैन । २२ जनबर्गीय संगठन हुने विधानमा ब्यवस्था छ । तर, जनबर्गीय संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यको पार्टी हैसियत पार्टीका कुन कमिटी बराबर हुने भन्नेमा भने सहमति जुटेको छैन । जसका कारण तल्ला कमिती एकतामा अलमल देखिएको छ । तल्ला किमिट एकताको लागि बनेको कार्यदलले बनाएको विधानमा अस्पष्टता देखिएपछि सचिवालयमा छलफल भएको हो ।
बैठकले बिहीबार बस्ने स्थायी कमिटीमा यस बारेमा थप छलफल गर्ने निर्णय गर्दै स्थायी कमिटी बैठकको कार्यसूची निर्धारण गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिम रुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनबर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीब्रता प्रदान गरिने निर्णय छ,’ श्रेष्ठले भने, ‘पार्टीको सांगठनिक एकीकरणको प्रक्रियाका बारेमा दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिनुहुने कार्यसूची तय भएको छ ।’
सचिवालयले पार्टीले तयार गरेको नियमावलीबारे छलफल गरी स्थायी समितिबाट सल्लाह र सुझाव लिने निर्णय पनि गरेको छ । स्थायी समितिको सुझावलाई समेटेर नियमावलीलाई अन्तिम रुप प्रदान गर्ने र त्यसपछि सबै पार्टी कमिटी र जनबर्गीय संगठनको सांगठनिक एकीकरण प्रक्रियालाई तीब्रता प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारी सहभागी थिए । बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमण, मुलुकमा विद्यमान राजनीतिक परिस्थितिको विकास, सरकारका काम कारबाहीलगायतबारे समेत छलफल भएको थियो ।
यो पनि पढ्नुस्
नेकपाका तल्ला कमिटी एकता अन्योलमा
प्रकाशित समय २०:०९ बजे