गृहपृष्ठ स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा लागु हुने

स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा लागु हुने

upendra-yadav-newskarobar फाइल तस्बिर

उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै यादवले हाल २३ जिल्लामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम आगामी आर्थिक वर्षदेखि ७७ जिल्लामा लागू हुने जानकारी दिए ।

जनशक्तिको व्यवस्थापनमा जोड दिँदै स्वास्थ्य उपकरण, औषधि तथा अन्य कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा योजनाबद्ध रुपमा कार्यक्रम शुरु गर्न लागेको बताउँदै उनले स्वास्थ्य मन्त्रालय मातहत कर्मचारीको अभाव रहेकाले तत्काल जनशक्ति उपलब्ध गराइदिन लोकसेवा आयोगलाई आग्रह गरिएको जानकारी गराए ।

यस्तै वर्षाकालमा हुने महामारी तथा रोगका जोखिम न्यूनीकरणका लागि सरकारले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले केही स्वास्थ्य संस्थाको पुनर्निर्माण भइसकेको र केही निर्माणका क्रममा रहेको जानकारी दिए । सांसद विमला पौडेल र अनिता देवकोटाले मन्त्री यादवसँग स्पष्टीकरण माँगेका थिए ।

(रासस)

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु