गृहपृष्ठ ओली सरकारद्वारा दुई विदेशी नागरिक देश निकाला, यस्तो छ कारण

ओली सरकारद्वारा दुई विदेशी नागरिक देश निकाला, यस्तो छ कारण

धर्म प्रचार गरेको आरोपमा नेपाल सरकारले फिलिपिन्सका एक दम्पतीले देश निकाला गरेको छ । गृह मन्त्रालयका अनुसार ती दम्पतीलाई एक वर्ष नेपाल छिर्न नपाउने गरी निकाला गरिएको हो । फिलिपिनी नागरिक दे भेरा रिर्चड र उनकी श्रीमती इन्डोनेसियाकी रिता गोङ्गालाई देशबाट निकालिएको हो ।

उनीहरुमाथि इसाइ धर्म प्रचार गरेको आरोप लगाइएको छ र यसरी कुनै पनि विदेशी नागरिकलाई यस्तो आरोप लगाएर देश निकाला गरिएको यो पहिलो घटना भएको अधिकारीहरुले बताएका छन् । व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमनलाई छानबिन गर्न निर्देशन दिएको थियो । खासगरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रलोभन देखाएर धर्म प्रचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै आएका छन् ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु