गृहपृष्ठ कालीमाटी तरकारी बजार बन्द गर्ने सरकारको तयारी
कालीमाटी तरकारी बजार बन्द गर्ने सरकारको तयारी

काठमाडौँको कालीमाटी तरकारी बजार बन्द हुने भएको छ । कालीमाटीमा अव्यवस्थित र अस्तव्यस्त भएपछि सरकारले उक्त बजारलाई अन्यत्रै सार्ने भएको हो ।
कृषि, भूमि व्यवःथा तथा सहकारी मन्त्री चक्रपाणी खनालका अनुसार कालीमाटीको बजार अब काठमाडौँ र भक्तपुरको सीमास्थित मनोहराको किनारमा सार्ने गरी अध्ययन थालिएको छ ।
‘कालीमाटीमा तरकारी बजार दलालहरुको हातमा देखियो,’ आइतबार राष्ट्रिसभा बैठकमा मन्त्री खनालले भने, ‘अब यसलाई मनोहरा खोलको सुकुम्बासी बस्ती रहेको स्थानतिर सार्ने गरी अध्ययन थालिएको छ ।’
साउन मसान्तसम्म कालिमाटी तरकारी बजारको अवस्था नसुध्रिएमा बन्द नै गरिदिने चेतावनी पनि उनले दिए ।
कालिमाटी तरकारी बजारको विकल्प खोज्न ढिलाइ भइसकेको बताउँदै मन्त्री खनालले अब सरकारले काम थालेको बताए । हाल कालीमाटी तरकारी बजारभित्रका स्टलहरु १५ वर्षसम्म भाडामा दिने गरिएको छ । भाडामा दिँदा ८ देखि ११ हजार स्क्वायर फिटको दरले भाडा लिइन्छ । तर, कालिमाटी तरकारी तथा फलफूल थोक बजार बिकास समितिबाट कुनै एक व्यापारीले सस्तोमा भाडामा लिएर अरु व्यापारीलाई महंगोमा बेच्ने गरेको पाइएको छ । यही बेथिति सार्वजनिक भएपछि सरकारले अनुगमन गरी स्टिकर नै दिएको थियो भने कतिपयलाई कार्बाहीको सूचिमा हालेको थियो ।
प्रकाशित समय ०९:०४ बजे